बिजपाटी सम्बाददाता     Jan 14, 2020 | 01:04:29 PM


sunrisebank ruslan

हिउँमा चिप्लिएर पाकिस्तान पुगेका एक भारतीय सेनालाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ । भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेनाका हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएर पाकिस्तानी भू–भागमा पुगेका थिए।

जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र हराएको खबर दिइएको थियो । त्यसको केहि दिनपछि सिमानामा गस्ती गर्दा हिउँबाट चिप्लिएर लड्दा उनी पाकिस्तानको भूमिमा प्रवेश गरेको पत्ता लागेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7