बिजपाटी सम्बाददाता     Jan 23, 2020 | 11:30:44 AM


ruslan

डढेलो फैलिएर नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ। संसद्‌ भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरू रद्द गरिएका छन्।

बिहीवार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको अधिकारीहरूले बताएका छन्। एउटा डढेलो नियन्त्रण गर्ने विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको  छ ।  न्यू साउथ वेल्स रुरल फायर सर्भिसले बिहीवार दिउँसो एउटा ठूलो हवाई ट्याकङ्करसँग सम्बन्ध टुटेको पुष्टि गरेको छ। न्यू साउथ वेल्समा १०० भन्दा बढी डढेलोहरू बलिरहेको बताइएको छ। क्यानबेरामा भने दुईवटा डढेलो विमानस्थल नजिकै आइपुगेपछि अधिकारीहरूले मानिसहरूलाई विमानस्थलबाट टाढै रहन सुझाव दिएका छन्।

अधिकारीहरूका अनुसार बुधवार शुरू भएका डढेलोहरू बढेर विमानस्थलको क्षेत्रमा आइपुग्न लागेको बताएका छन्। सिड्नी र मेलबर्नको बीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरू हप्तौँदेखि सकृय छन्। गएको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ। त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरेको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7