बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 04:40:57 PM


ruslan

प्राणघातक कोरोना भाइरस भारतमा पनि देखा परेको छ । भारतको मुम्बईमा दुई व्यक्तिमा कोरोना भाइरसको लक्षण देखा परेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई अन्तराष्ट्रिय विमानस्थलमा गरिएको स्वास्थ्य परीक्षणमा दुई व्यक्तिमा उक्त भाइरसको लक्षण देखिएको हो । स्वास्थ्य जाँचमा लक्षण देखिएपछि उनीहरुलाई तत्काल अस्पतालमा भर्ना गरिएको बताईएको छ ।

उक्त भाइरसको कारण चीनमा २६ जनाको मृत्यु भइसकेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7