कोरोनो भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २७ सय सङ्क्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 08:47:20 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा  कोरोनोभाइरसबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ भने सङ्क्रमण हुनेको संख्या २७ सय नाघेको छ । चीनले थप साढे सात सय व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरेपछि सङ्क्रमणको संख्या बढेको हो। 

सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।

सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ। 

यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ। बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, "यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ।"तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।

कोरोनाभाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्। चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश "गम्भीर परिस्थिति" मा रहेको बताएका थिए।

यो पनि : 

नेपालमा पनि त्रास पैदा गरेको कोरोना भाइरस: लक्षण के हो ? कसरी बच्ने ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved