उडेको केहि समय मै बेपत्ता भएको बिमान दुर्घटनाग्रस्त, बिमानमा सवार सबैको मृत्यु भएको आशंका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 12:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

उडेको केहि समय मै बेपत्ता भएको एक रसियाली बिमान दुर्घटना भएको पुष्टि भएको छ।

 रसियाली सेनाको टियु १५४ नामको त्यस बिमान कालो समुन्द्रमा 'ब्ल्याक सी' मा दुर्घटनाग्रस्त भएको जनाईएको छ  ।  

९० जना भन्दा बढी सवार बिमान रसियाको सोचीको विमानस्थलबाट उढेको केहि मिनेट मै 'ब्ल्याक सी' भन्दा माथिको आकाशमा अपुग्दा रेडारबाट सम्पर्क बिहिन भएको थियो  । 

रसियाली सेनाको त्यस बिमानमा ८३ यात्रु र ८ चालक दलका सदस्य थिए  । बिमानमा ९ पत्रकार र एक सांगेतिक समुह पनि थियो । उनीहरु नयाँ बर्ष तथा क्रिसमसको अवसरमा सिरियामा एक सांगेतिक प्रस्तुतिमा भाग लिन गई रहेका थिए ।

उद्दारकर्ताहरुले बिमानको केहि भाग्नावासेश समेत फेला पारेका छन् । इन्टरफ्याक्स संचार संस्थाले बिमानमा सवार सबैको मृत्यु भएको जनाएको छ । तर त्यसको आधिकारिक पुष्टि हुन् बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved