‘ट्रम्पलाई मार्न आएको हुँ’ भन्दै एक व्यक्ति ह्वाइट हाउस पुगेपछि....

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 11:46:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न भन्दै ह्वाइट हाउसबाहिर पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए । उनको साथबाट चक्कु बरामद भएको छ । 

उनको मानसिक अवस्था ठीक नभएको र उनलाई अहिले मानसिक अस्पताल लगिएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved