फिलिपिन्सले रद्द गर्‍यो अमेरिकासँगको सैन्य सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 09:53:11 AM मा प्रकाशित

laxmi  sunrise bank

फिलिपिन्सले अमेरिकासँगको सैन्य सम्झौता रद्ध गरेको छ । दुबै देशीबीच सैन्य अभ्यास तथा संयुक्त तालिमसम्बन्धी अमेरिकासँगको सम्झौता रद्ध गरेको हो ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले यसअघि पनि सैन्य साझेदार अमेरिकाबाट टाढा र चीनसँग नजिक हुने अभिव्यक्ति दिँदै आएका थिए । गत महिना पनि फिलिफिन्सका एक सासंदको भिषा अमेरिकाले रद्ध गरेपछि सैन्य सम्झौता खारेज गर्ने चेतावनी फिलिपिन्सले दिएको थियो । सम्झौता रद्दको औपचारिक जानकारी अमेरिकालाई गराइसकिएको फिलिपिन्सको विदेश मन्त्रालयले जनाएको छ । फिलिपिन्सले औपचारिक सूचना दिएको १८० दिनपछि सम्झौता खारेज हुनेछ । 

सन् २०१६ मा फिलिपिन्सको सत्तामा आएपनि राष्ट्रपति दुतेर्तेले अमेरिकासँगको सैन्य सम्झौताको विरोध गरिरहेका थिए । सैन्य सम्झौता रद्दको जानकारी पाएपछि अमेरिकाले भने फिलिपिन्सको यो कदमले दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण असर पर्ने प्रतिक्रिया दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved