एसिया मै छ संसारको सबै भन्दा ब्यस्त हवाई मार्ग, तपाईले नसुनेको नाम हुन् सक्छ 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 01:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

​संसारको सबै भन्दा व्यस्त हवाई मार्ग कुन होला ? तपाईको उत्तर हुन् सक्छ 'न्युयोर्कबाट लस एन्जलस' वा लन्डनबाट पेरिस वा बेजिंगबाट सांघाई । तर यी सबै गलत उत्तर हुन् । संसारको सबै भन्दा ब्यस्त हवाई मार्ग एसिया मै छ । त्यो पनि अन्तरिक उडान । दक्षिण कोरियाको सिओलबाट दक्षिण कोरिया जेजु द्विप । 

यस हवाई मार्गमा गत बर्षमा सर्बाधिक १ करोड १० लाख भन्दा बढी मानिसले यात्रा गरे  । अर्को व्यस्त मार्ग टोकियोबाट सापोराको हो जहाँ गत बर्ष ८० लाख मानिसले यात्रा गरे । 

कोरियाको सिओलबाट दक्षिण कोरिया जेजु द्विप जाने जहाज १५ मिनेटको फरक मै पाइन्छ । त्यस मार्गमा हरेक दिन २ सय बढी जहाज उड्छन् । 

किन त्यस अनुसुना जेजु द्विपमा मानिस ओईरिन्छन् त ? त्यहाँ कोरियाली मात्र होईन, चिनियाँ पनि बढी आउँछन् । त्यसको कारण हो त्यहाँ चिनियालाई आउनलाई भिसा शुल्क लाग्दैन र चीनमा अबैध भएका क्यासिनो त्यहा बैध छन् ।

यी दुईबिचको दुरी पार गर्न एक घण्टा पनि लाग्दैन । दक्षिण कोरियाको साबि भन्दा अल्गी हिमाल पनि यहि द्विपमा छ । 

त्यस द्विपमा 'लभ ल्याण्ड' नामको एक पार्क छ जहाँ झन्डै डेढ सय भन्दा बढी मुर्तिहरु छन् जसमा मानिसहरुको विभिन्न यौन आसन देखाईएको छ। त्यस्तै त्यहाको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लठ्याउछ । हेर्नुस फोटो फिचर ।  

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved