दुर्घटनाग्रस्त रसियाली सेनाको विमानको ब्ल्याक बक्स फेला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 02:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार कृष्णसागर (ब्ल्याक सी)मा दुर्घटनाग्रस्त भएको रसियाली सेनाको विमानको ब्ल्याक बक्स फेला परेको छ । रसियाली अधिकारीका अनुसार विमानको ककपीट क्रियाकलाप र त्यहाको महत्वपूर्ण जानकारीहरु रेकर्डहुने ब्ल्याक बक्स मंगलबार फेला परेको हो ।  ब्ल्याक बक्स फेला परेसंगै दुर्घटनाको अनुसन्धानमा सहयोग पुग्ने छ  ।  

उडेको केहि समय मै रेडारबाट सम्पर्क बिहीन भएको  रसियाली सेनाको टियु १५४ नामक बिमान आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रस्त भएको थियो । 

  ९० जना भन्दा बढी सवार बिमान रसियाको सोचीको विमानस्थलबाट उढेको केहि मिनेट मै 'ब्ल्याक सी' भन्दा माथिको आकाशमा अपुग्दा रेडारबाट सम्पर्क बिहिन भएको थियो  ।  रसियाली सेनाको त्यस बिमानमा ८३ यात्रु र ८ चालक दलका सदस्य थिए  । बिमानमा ९ पत्रकार र एक सांगेतिक समुह पनि थियो ।

उनीहरु नयाँ बर्ष तथा क्रिसमसको अवसरमा सिरियामा एक सांगेतिक प्रस्तुतिमा भाग लिन गई रहेका थिए । उद्दारकर्ताहरुले बिमानको केहि भग्नावासेश र केहि शब फेला पारेका छन् ।  

दुर्घटनामा सवार सबैको मृत्यु भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved