ट्रम्प-ओबामाको रोचक दोहोरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 10:22:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराक ओबामाको पहिलो कार्यकालमा अमेरिकी अर्थतन्त्र ऐतिहासिक बेरोजगारी र चरम आर्थिक मन्दीको चरणबाट गुज्रियो । दोस्रो कार्यकालमा मन्दीको सामना गर्दै अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गयो । त्यसपछिको चुनाव जितेर डोनाल्ड जोन ट्रम्प राष्ट्रपतिको कुर्सीमा पुगे ।

यतिखेर अमेरिका अर्को राष्ट्रपतिय चुनावको संघारमा छ । यसैबीच आगामी चुनाव प्रचारको क्रममा उतिबेलाको आर्थिक अवस्थाको विषयलाई लिएर जुहारी चलेको छ । वर्तमान राष्ट्रपति ट्रम्पले ओबामाले आर्थिक वृद्धिको जस लिन खोजेको आरोप लगाएका छन् भने ओबामाले आफुले ११ वर्षअघि सही कदम लिएकाले अर्थतन्त्रमा सुधार भएको दलिल पेश गरेका छन् 

ट्रम्पको ट्वीटमा आफ्नो प्रशासनमा भएको आर्थिक वृद्धिको जस अहिले आएर ओबामाले लिन खोजेको उल्लेख छ । आगामी नोभेम्बर ३ तारिखमा हुने चुनावको दौडमा वर्तमान र पूर्व राष्ट्रपतिबीच कसले जस लिने भन्ने हानथाप चलेको हो ।

सन् २००९ मा आफुले चालेको आर्थिक सुधारको कदम फलदायी भएको ओबामाको दाबी छ । '११ वर्षअघि खराब आर्थिक मन्दीबाट मुक्ति पाउन मैले हस्ताक्षर गरेको 'रिकभरी एक्ट'ले ऐतिहासिक आर्थिक वृद्धि र दीर्घकालीन रोजगारी सिर्जनाको लागि मार्गनिर्देश गर्‍यो', ओबामाले ट्वीटमा लेखेका छन् ।

डेमोक्रयाटहरुले ओबामाको ट्वीटमा प्रतिक्रिया व्यक्त गर्दै उनको प्रशंसा गरेका छन् । रिपब्लिकनहरुले भने ट्रम्पको कार्यकालमा लिइएका नीतिको जस ओबामाले लिन खोजेको भन्दै विरोध गरेका छन् । ओबामालाई जवाफ दिँदै ट्रम्पले भनेका छन्, उनको कार्यकालमा मन्दीविरुद्धको रिकभरी निकै कमजोर थियो ।

सन् २०१७ को ट्याक्स बिल र नियन्त्रणलाई खुकुलो पार्न जोड दिइएकाले आर्थिक वृद्धि हासिल भएको ट्रम्पको दाबी छ । तर, डेमोक्रयाटहरु यो कुरा मान्न तयार छैनन् । उनीहरुका अनुसार ओबामाको दोस्रो कार्यकालमा भएको 'बाउन्स ब्याक'को निरन्तरता ट्रम्प प्रशासनमा पनि भएको हो ।

ट्रम्पका समर्थकहरुले तत्कालीन चरम बेरोजगारीको अवस्थालाई लिएर तर्क गरिरहेका छन् भने ओबामा समर्थकले उनको कार्यकालमा चालिएका कदमले स्थिति सुध्रिएको बताइरहेका छन् । 

हेर्नुस ट्रंप र ओबामाको ट्वीट :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved