चीन भ्रमण गरेका मङ्गोलियाका राष्ट्रपति क्वारेन्टाइनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 04:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन भ्रमणबाट फर्किएका मङ्गोलियाका राष्ट्रपति खाल्टमाजिन बटुल्गालाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ । समाचार एजेन्सीहरुका अनुसार बटुग्लासहित विदेशमन्त्री र अन्य सरकारी अधिकारीले चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति बटुल्गासहित प्रतिनिधिमण्डलका सदस्यहरुलाई सावधानी अपनाउँदै बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको छ । भेटमा बटुग्लाले कोरोना विरुद्दको अभिायनमा साथ दिन चीनलाई ३० हजार वटा भेडा सहयोग गर्ने पनि घोषणा गरेका थिए ।

हालसम्म मङ्गोलियामा कोरोनाभाइरसको संक्रमण देखिएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved