ट्रम्पसँग ‘विश्व हेर्ने आधारभूत ज्ञान’ छैन, हिलारी आशावादी : ओबामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका लागि बहुमत प्राप्त गरेपछि हिलारी क्लिन्टनले नयाँ इतिहास बनाउँदै आफूलाई सशक्त राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याउन सफल भएकी छिन् ।

बुधबार डेमोक्रेटिक पार्टीका तर्फबाट क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सर्ले पार्टीको तर्फबाट प्रतिस्पर्धाका लागि सारिनुपर्ने प्रक्रियालाई नै रद्द गरी पार्टी एकताको सङ्केत स्वरुप महिला नेत्री क्लिन्टनलाई राष्ट्रपतिको घोषणा गर्न प्रस्ताव गरेपछि क्लिन्टनको उम्मेदवारी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रुपमा तय भएको हो ।

डेमोक्रेटिक पार्टीको यो निर्णयसँगै क्लिन्टनले अब रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने छिन् ।

अमेरिकी निम्न वर्गीय मतदाताहरुमा महत्वपूर्ण छाप राख्ने बर्नी स्यान्डर्सले क्लिन्टनको उम्मेदवारीका लागि गरेको निर्णयपछि उक्त पार्टीको राष्ट्रिय समितिकी अध्यक्ष मर्सिया फजले पार्टीभित्र एकमत देखिएको भन्दै उक्त प्रस्तावलाई अनुमोदन गरेका थिए ।

बर्नी स्यान्डर्सले क्लिन्टनलाई समर्थन दिनुपूर्व भने स्यान्डर्सका समर्थकले क्लिन्टनलाई मतदान गर्न नसक्ने कडा प्रतिक्रिया दिएका थिए । यद्यपि डेमोक्रेटिक पार्टीको अधिवेशनमा सहभागी पार्टी नेता तथा कार्यकर्ताको पहलमा असन्तुष्ट कार्यकर्तालाई शान्त पार्दै स्यान्डर्सद्वारा नै क्लिन्टनको उम्मेदवारीको प्रस्ताव गराइएको थियो । यसपछि स्यान्डर्सका समर्थक पनि चित्त बुझाउन बाध्य बनेका छन् ।

उम्मेदवारीको घोषणासँगै मुख्य वक्ता अमेरिकी राष्ट्रपतिले आफ्ना पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई सम्बोधन गर्दै अमेरिकी चुनावमा सम्पूर्ण मत गणना सकिनुपूर्व परिणामले जस्तो मोड लिन पनि सक्ने बताउँदै सबै यस विषयमा चिन्तित रहिरहन आग्रह गरे ।

अधिवेशनको अन्त्यसँगै अमेरिकी टेलिभिजन च्यानल एनबीसीले लिएको अन्तवार्तामा के अब क्लिन्टनको ट्रम्पमाथिको विजय सुनिश्चित छ भन्ने प्रश्नमा राष्ट्रपति ओबामाले अमेरिकी निर्वाचनमा पनि हुनसक्छ त्यसैले मैले सबै डेमोक्रेट्सहरुलाई चिन्तित भएर अभियानमा लाग्न अनुरोध गर्ने बताए ।

उनले यस विषयमा हिलारी क्लिन्टनलाई राम्रो ज्ञान भए पनि डेमोक्रेट्सका शुभेच्छुक, मतदाताहरु सचेत रहनुपर्नेमा जोड दिए । उक्त अवसरमा ओबामाले क्लिन्टनले विदेशमन्त्रीको कार्यभार कुशल रुपमा सम्हालेको प्रसङ्ग कोट्याउँदै अमेरिकी जनताले उहाँलाई अब एक योग्य राष्ट्रपतिका रुपमा निर्वाचित गर्ने समेत विश्वास व्यक्त गरे ।

राष्ट्रपति ओबामाले अमेरिकाको राष्ट्रपति नितान्त आशावादी रहनुपर्ने भन्दै रिपब्लिकन उम्मेदवारका गतिविधिको आलोचना समेत गरे । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग ‘विश्व हेर्ने आधारभूत ज्ञान’ समेत नरहेको बताउदै उहाँले विश्वलाई बुझ्ने चेष्ठासमेत नगरेको बताए ।

क्लिन्टनसँग विश्वलाई अमेरिकाको बिदेशमन्त्रीका रुपमा हेरेको अनुभव भएको र उनी अमेरिकाको भविष्यप्रति सचेत रहेकामा आफू शतप्रतिशत विश्वस्त रहेको ओबामाले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved