नयाँ बर्ष मनाईरहंदा रात्रिक्लबमा हमला, ३९ जनाको मृत्यु, ६९ घाइते (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 12:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

टर्कीको इस्तानबुल शहरस्थित रात्रिक्लबमा कम्तीमा एकजना बन्दुधकारीले हमला गर्दा कम्तीमा ३५ जनाको ज्यान गएको छ। उक्त हमलामा अन्य ४० भन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।

टर्कीका धनी नागरिकहरुमाझ चर्चित रहेको रेयना रात्रिक्लबमा उक्त हमला भएको थियो। टर्कीको इस्तानबुल सहरका गभर्नरले उक्त हमलालाई आतंकवादी भन्दै ज्यान गुमाउनेहरु मध्ये एक टर्कीका प्रहरी अधिकारी पनि रहेको जनाएका छन्।

अर्टाकोए क्षेत्रस्थित रेयना नामको रात्रिक्लबमा स्थानीय समय अनुसार रातिको साढे १ बजे हमला भएको थियो। गभर्नरले उक्त हमलामा कम्तीमा एक हमलाकारी संलग्न भएको बताएका छन्।

स्थानीय टेलिभिजनहरुले 'सान्टा क्लस' को पहिरनमा रात्रिक्लब प्रवेश एकजना गरेका बन्दुकधारीले जथाभावी बन्दुक चलाएको खबरहरु दिएका छन्।

सुरक्षा व्यवस्था
उक्त समयमा रात्रिक्लबमा सयौं मानिसहरु रहेको ठानिएको छ।घटनालगत्तै प्रहरीहरु घटनास्थलमा पुगिसकेका छन्। र, घाइतेको उद्धारका लागि त्यहाँ एम्बुलेन्सहरु पनि पुगेका छन्।

हालैका महिनामा इस्तानबुलमा भएका श्रृंखलाबद्ध आतंकवादी हमलाका कारण त्यहाँ उच्च सतर्कता अपनाइएको छ र सुरक्षाका लागि करिब १७ हजार प्रहरी अधिकारीहरु खटिएका छन्। ती हमलामध्ये धेरैजसो तथाकथित इस्लामिक स्टेट अथवा कुर्द लडाकुहरुले गराएका थिए। -बिबिसी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved