बग्दादमा कार बम आक्रमण, ३५ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 05:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इराकको राजधानी बग्दादको छिमेकमापर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा सोमबार एक कार बम विस्फोट हुँदा त्यसमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी र अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।

सो आक्रमणमा मारिए प्रायः व्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको छ ।

इराकको राजधानी बग्दादको उत्तरपूर्वीको छिमेकमा पर्ने यस इलाकामा आतङ्ककारीले सिया मुसलमान समुदायलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।

यस विस्फोटनपछि बाक्लो धुवाँको मुस्लो आकासमा फैलिएको र घाइतेलाई त्यस इलाकाबाट अस्पतालतर्फ लगिएको एक सामाजिक सञ्जालले देखाएको छ ।

आज भएको आक्रमणको तत्काल कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि भएका यस प्रकारको आक्रमणमा (इस्लामिक स्टेट) आइएस आतङ्ककारी समूहले जिम्मा लिर्दै आएका हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्यामा भएका दुई विस्फोटनको पनि आइएसले नै दाबी गरेको छ । मध्य बग्दादमा गत शनिबार भएको यस विस्फोटनमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved