१३० करोड भारतीय २१ दिने लकडाउनमा, नमान्नेलाई १ बर्ष जेल सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 09:59:28 AM मा प्रकाशित

laxmi  sunrise bank
 मंगलबार राति १२ बजेदेखि पूरै भारतमा पूर्ण लकडाउन सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै पूर्ण भारत लकडाउनमा जाने घोषणा गरेका थिए ।
उनले २१ दिन भारत पूर्ण लकडाउनमा जाने भन्दै त्यस समय कोहि पनि घर बाहिर नआउँन आग्रह गरेका हुन् । उनले  यो धैर्य र अनुशासनको समय भएको भन्दै जे सुकै भए पनि घर बाहिर नआउँन भनेका हुन् ।
त्यस अवधीमा सबै अत्यावश्यक सामग्रीको ब्यबस्था भएको उनले बताए । उनले हरेक भारतीयको जीवन बचाउनको लागि यो आवश्यक रहेको भन्दै यसलाई पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले यी २१ दिन संयमित नभए देश २१ वर्ष पछि धकेलिने चेतावनी दिए ।
यस संगै भारतको १३० करोड नागरिक लकडाउनमा बस्न बाध्य भएका छन्  । लकडाउन आदेश नमान्नेलाई 'डिजास्टर म्यानेजमेन्ट एक्ट' अनुसार कारवाही गरिने भारतीय संचार माध्यमहरुले जनाएका छन्  । उता ऐनमा नियम उल्लघन गर्नेलाई एक वर्षसम्मको जेल सजाय र आर्थिक जरिवानाको ब्यबस्था छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved