जेलमा दुई समूहबीच झगडा हुँदा ५० कैदीको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 11:21:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलको अमेजोनास राज्यको एक जेलमा कैदीहरुको दुई समूहबीच भएको झगडामा ५० जना मारिएका छन्।  आइतबार राति भएको झगडामा ५० जना मारिएको बिबिसीले जनाएको छ। 

आइतबार राति एनीसियो जोबिम पेनिटेनशियरी केन्द्रमा सुरु भएको झगडा सोमबार शान्त भएको अधिकारीहरुले जानकारी दिएको बिबिसीले जनाएको छ। 

कैदीहरुले नियन्त्रणमा लिएका १२ जना सुरक्षाकर्मी (गार्ड) लाई छोडिएको छ भने उनिहरुको हतियार समेत फिर्ता गरिएको छ। जेलमा रहेको चर्चका पादरीआ अनुसार कैदीहरुको दुई समूहबीच भएको बिबादका कारण झगडा सुरु भएको हो। यस क्रममा केहि कैदीहरु मौकाको फाइदा उठाउदै जेलबाट भागेको पादरीले बताएका छन। 

ब्राजिलको जेलहरुमा ६ लाख भन्दा बढी कैदीहरु रहेका छन् र जेलहरूमा क्षमता भन्दा बढी कैदीका कारण समस्या झन्डै बढ्दै गएको छ। 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved