कोरोनाका कारण भारतमा १३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 09:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा एकैदिन कोरोनाका कारण तीन जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १३ पुगेको हो । बुधबार बिहान ५४ वर्षीय पुरुष, साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिला र राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो । 

हालसम्म भारतका २५ राज्यमा कोरोना फैलिसकेको छ । हालसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमणको पुष्टि भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved