सैन्य विद्रोह असफल पार्ने नागरिकलाई नोबेल शान्ति पुरस्कार !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:58:17 AM मा प्रकाशित

laxmi  sunrise bank

जुलाई १५ मा टर्कीमा भएको सैन्य कु को प्रयासबिरुद्ध लड्ने नागरिकहरुलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको छ ।

त्यहाको एक विश्वविद्यालयले सन् २०१७ को नोबेल पुरस्कारका लागि सिफारिस गरेको हो । 'हामीले राज्य विद्रोह प्रयासलाई असफल पार्न आफ्नो जीवनको पर्वाह नगरी देश र नागरिकको पक्षमा लड्ने साहसी टर्कीका नागरिकलाई आगामी वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छौँ' इस्तानबुलको आयदिन विश्वविद्यालयका अध्यक्ष मुस्तफा आयदिनले बताएका छन ।

टर्कीमा वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोआनलाई सत्ताच्यूत गर्न दुई साता अघि सैन्य कु को  प्रयास भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved