चीनका २ छिमेकी सहित विश्वका यी १४ देशमा छैन कोरोना भाइरसको संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 10:12:31 AM मा प्रकाशित

laxmi  sunrise bank

महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण हाल विश्वका १ सय ९९ देशमा पुगिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर भाइरसबाट ६ लाख ६३ हजार ७ सय ४८ जना संक्रमित भएका छन् भने संक्रमित मध्ये  ३० हजार ८ सय ८० ले ज्यान गुमाएका छन् । १ लाख ४२ हजार १ सय ८३ जना उपचारपछि निको भएका छन् । 

विश्वलाई नै आक्रान्त पारेको यो भाइरसबाट केहि देश भने मुक्त छन् । यो समाचार तयार पार्दासम्म विश्वका १४ देशमा भाइरसको संक्रमण देखिएको छैन । आज रोचक त् के छ भने यी १४ मध्ये २ देश चीन कै छिमेकि मुलक हुन् । चीनबाट नै सुरु भएर यो भाइरस विश्वभर पुग्दा चीनका २ छिमेकिलाई भने यसले असर गरेको छैन 

चीनसँगै जोडिएको ताजकिस्तानमा अहिलेसम्म यो भाइरसका संक्रमिति पुष्टि भएको छैन । ताजकिस्तानको छिमेकि मुलकहरु चीन, अफगानिस्तान, उज्बेकिस्तान, र किर्गीस्तानमा भने भाइरसका बिरामी छन् । 

त्यस्तै चीनसँगै सीमा जोडिएको उत्तर कोरियामा पनि भाइरसको संक्रमण देखिएको छैन । उत्तर कोरियाका छिमेकिहरु चीन, रसिया र दक्षिण कोरियामा भने भाइरस देखिएको छ । 

त्यस्तै तुर्कीमिनिस्तान पनि हालसम्म संक्रमण देखिएको छैन । तर उसको छिमेकिहरु इरान, अफगानिस्तान र उज्बेकिस्तानमा भने भाइरसको संक्रमण छ । यस्तै यमनमा पनि हालसम्म संक्रमण देखिएको छैन । यमनका छिमेकिहरु साउदी र ओमान हुन् जहाँ भाइरसको संक्रमण छ ।

यस्तै समुन्द्री तटमा रहेका न्यु क्यालेडोनिया, न्यु सोलोमन द्विप र भानुआतुमा पनि हालसम्म भाइरसको संक्रमण देखिएको छैन ।

हालसम्म भाइरसको संकम्रण नदेखिएका १४ देश मध्ये ७ देश अफ्रिकी महादेशमा छन् । ति देशमा परिक्षण नगरिएको भएर भाइरस नदेखिएको चर्चा चले पनि आधाकारिक रुपमा यी देश अझै भाइरस मुक्त नै छन् । 

अफ्रीकाको वेस्टर्न सहारामा हालसम्म भाइरस देखिएको छैन । तर उसका छिमेकि मुलुकहरु मोरोको र मोरीटानियामा संक्रमण देखिएको छ । त्यस्तै सेरा लियोनमा भाइरसको संक्रमण छैन । उसका छिमेकि मुलुकहरु लाइबेरिया र गिनीमा भाइरसको संक्रमण देखिएको छ । यस्तै साउथ सुडान, बोट्सवाना, लेसोथो, बुरुण्डी र मलविमा पनि हालसम्म भाइरसको संक्रमण देखिएको छैन । तर यी देशका छिमेकि मुलुकमा भने भाइरस छ ।

हालसम्म भाइरसबाट सबै भन्दा इटालीमा १० हजार भन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा ५ हजार ९ सय ८२ को मृत्यु भएको छ । त्यस्तै चीनमा ३३ सय र  फ्रान्समा २ हजार बढीको मृत्यु भएको छ । हाल सबै भन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा मात्र १ लाख २३ हजार बढी संक्रमित छन् । १ लाख भन्दा बढी संक्रमित भएको देश अमेरिका मात्र हो 

हेर्नुस सबै भन्दा बढी प्रभावित देशहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved