भारतमा मेगा मर्जर: १० सरकारी बैंकलाई मर्ज गरेर ४ वटा कायम गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 04:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले १० वटा सरकारी बैंकलाई ४ वटामा झार्ने गरी मेगा मर्जर अगाडी बढाउने भएको छ। आगामी अप्रिल १ देखि नै ४ वटा मात्र बैंक कायम रहने गरी भारतले योजना अगाडी सारेको हो । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ४ छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै यस बारे जानकारी दिएको हो 

भारत सरकारले गत मार्च ४ मा १० बैंकलाई मर्ज गरेर ४ मा झार्ने जनाएको थियो । जस अनुसार ओरियन्टल बैंक अफ कमर्श र युनाइटेड बैंक अफ इन्डिया पन्जाब नेशनल बैंकमा मर्ज हुने छन् । कनरा बैंकमा सिन्डिकेट बैंक मर्ज हुने छ भने इन्डियन बैंकमा अलाहवाद बैंक मर्ज हुने छ। त्यस्तै युनियन बैंक अफ इन्डियामा आंध्र बैंक र कर्पोरेट बैंक मर्ज हुनेछन्  । 

आगामी अप्रिल १ देखि नै ओरियन्टल बैंक अफ कमर्श र युनाइटेड बैंक अफ इन्डियाका शाखाहरु पन्जाब नेशनल बैंकको नामबाट सुचारु हुने छन्।  साथै सिण्डिकेट बैंकको शाखा सोहि मिति देखि बैंक अफ कनराको नामबाट संचालन हुने छन् । अन्यको हकमा आर्थिक वर्ष २०२०/२१ देखिको सुरुवातदेखि एकीकृत कारोबार संचालन हुने छन् । 

बैंकका उच्च अधिकारीले भने कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनको कारण मर्जर प्रक्रियालाई केहि पछाडी सार्न आग्रह गरेका थिए । केन्द्रीय बैंकले त्यस प्रस्तावलाई अस्विकार गर्दै तालिका बमोजिम नै अगाडी बढ्ने जनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved