एक व्यक्तिका कारण ४० हजार मानिस क्वारेन्टाईनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 09:45:55 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसहरु क्वारन्टाईन्मा राखिएका छन्। त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो।  इटली र जर्मनीबाट फर्किएका सिख समुदायका एक स्थानीय धर्मगुरूले आफ्नै घरमा क्वारन्टाईन्मा रहन दिइएको सल्लाह मानेका थिएनन्।

बलदेव सिंह नाम पहिचान भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए। छ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्। उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको थियो।

हालसम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका ५५० जना मानिसको पहिचान गरिएको र त्यो संख्या बढ्दो रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्  । प्रहरीले उनी बसेको क्षेत्रका १५ वटा गाउँ हामीले सील गरेका छन् । छिमेकी जिल्लाका अन्य पाँचवटा गाउँ पनि सील गरिएका छन्। भारतमा सङ्क्रमितका कारण ठूलो समूहलाई  क्वारन्टाईन्मा  रहनु परेको पहिलो पटक होइन। 

भारतमा सङ्क्रमितको सङ्ख्या एक हजार नाघिसकेको छ भने २७ जनाको मृत्यु भएको छ । पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ। भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved