फेसबुकको दोस्रो त्रैमासिकको आम्दानी नेपालको बजेट भन्दा बढी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:59:35 AM मा प्रकाशित

laxmi  sunrise bank

हामीले दैनिक रुपमामा प्रयोग गर्ने फेसबुकको एउटा त्रैमासिकको आम्दानी नेपालको बजेट भन्दा धेरै छ भनेको सुन्दा तपाईलाई बिश्वास नलाग्न सक्छ । तर यो सत्य हो । सामजिक संजाल फेसबुकले हालै आफ्नो दोस्रो त्रैमासिकको प्रगति विवरण सार्बजनिक गरेको छ ।

सार्बजनिक प्रगति विवरण अनुसार २०१६ को दोस्रो त्रैमासिकमा फेसबुकको कमाई ६.४४ अर्ब डलर छ । जुन ६ सय ४४ अर्ब रुपियाँ अर्थात् ६ खर्ब ४४ अर्ब नेपाली रुपियाँ बराबर हुन् आउंछ । यो नेपालमा हालै जारी गरिएको बजेट खर्च मध्येको चालुतर्फ खर्च भन्दा बढी हो । आर्थिक बर्ष २०७३/७४ को बजेटमा नेपालको चालु खर्च रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार रहने उल्लेख छ।

फेसुबुकको दोस्रो त्रैमासिकको कमाई गत बर्षको सोहि अवधीको तुलनामा ह्वात्तै बढेको हो । यस अवधिमा कम्पनीले २ सय २ अर्ब डलर नाफा कमाएको छ। अघिल्लो बर्ष यहि अवधिमा फेसबुकको नाफा ७२ करोड डलर थियो। कम्पनीको पछिल्लो बर्ष यही समयको तुलनामा मुनाफा १८६ प्रतिशतले बढेको देखिएको छ ।

जुन महिनामा फेसबुकको दैनिक प्रयोगकर्ता औसतमा १ खर्ब १३ अर्ब रहेको फेसबुकले जनाएको छ ।यहि महिनामा मोबाइलबाट फेसबुक प्रयोग गर्नेको संख्या १ खर्ब ३ अर्ब छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved