लकडाउन पालना नगर्नेलाई गोली हान्न राष्ट्रपति रोड्रिगोको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 09:53:52 AM मा प्रकाशित

laxmi  sunrise bank

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लघन गर्ने जो कोहिलाई गोली हान्न आदेश दिएका छन् । उनले एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न सरकारी टेलिभिजन संदेश मार्फत आदेश दिएका हुन्।

उनले देश कठिन अवस्थामा रहेकोले आदेश मान्नको लागि सबैलाई आग्रह पनि गरेका छन् । उनले स्वास्थ्यकर्मीहरुलाई कुनै पनि हानी नपुर्याउन पनि आग्रह गरे । 

लकडाउनको बेला मनिलाको क्युजन सिटीका वासिन्दाले खाना माग्दै प्रदर्शन गरेपछि झडप समेत भएको थियो  । झडपमा २१ जना प्रकाउ परेका थिए । झडपपछि राष्ट्रपति डुटर्टेले घर बाहिर निस्केर लकडाउनको उल्लघन गरी प्रदेशन गर्नेलाई गोली हान्न आदेश दिएका हुन्। 

फिलिपिन्समा हालसम्म २३ सय बढीमा संक्रमण देखिएको छ भने ९७ जनाको मृयु भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved