३६ हजार कर्मचारी निलम्बन गर्ने ब्रिटिश एयरवेजको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 12:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सबै गन्तव्यको उडान स्थगित भएपछि ब्रिटिश एयरवेजले कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्न लागेको हो ।  

यसअघि नै आफ्ना ८० प्रतिशत कर्मचारी कटौती गर्ने एयरवेजले कर्मचारी युनियनसँग वार्तासमेत गरिसकेको छ । वार्ता सकिएलगत्तै एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको हो ।  

अवकास प्राप्त कर्मचारीले बेलायत सरकारको कोरोना भाइरस रोजगार अवधारणा योजनामार्फत पारिश्रमिक भने प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved