बिजपाटी सम्बाददाता     Apr 03, 2020 | 03:47:37 PM


tansen

जापानले विभिन्न ७० भन्दा बढी देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको फैलदो महामारीलाई रोक्न जापान सरकारले संयुक्त राज्य अमेरिका, बेलायत र चीन सहितका ७० बढी मुलुकका नागरिकलाई अनिश्चितकालिन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध १४ दिनभित्र उल्लेखित देशको भ्रमण गरेका नागरिकमा पनि लागू हुने बताईएको छ । 

जापानले गृष्मकालीन ओलम्पिक खेल पनि एक वर्षका लागि स्थगित गरेको छ । 

जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका