कतारमा निजि कम्पनीलाई बीना ब्याज ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 01:05:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारले कोरोनाबाट देशको अर्थतन्त्रलाई प्रभावित हुन नदिन त्यहाँको निजि क्षेत्रका कम्पनीलाई बीना ब्याज ऋण उपलब्ध गराउने भएको छ। कतार विकास बैंकले  तीन बर्षमा ऋण तिर्नुपर्ने गरि निजि कम्पनीलाई बीना ब्याज ऋण दिने योजना ल्याएको हो। 

कतारको आर्थिक तथा वाणिज्य क्षेत्रको सहयोगका निम्ति कतारका अमीर शेख तमीम बिन हमद अल थानीको निर्देशनमा कतारको निजि क्षेत्रलाई कतारका स्थानीय बैंकहरुको जमानीमा ७५ बिलियन कतारी रियाल सहयोग गर्ने भएको छ।

कमसेकम ३ बिलियन सम्मको ग्यारेन्टी स्थानीय बैंकहरुलाई उपलब्ध गराउन प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुल अजीजले स्थानीय बैंकहरुलाई निर्देशन भएको राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ, प्रोफेशर मोहम्मद रमजान अलि मियाँले बिजपाटीलाई बताए।  

हालै कतारको वाणिज्य क्षेत्रलाई सहयोग गर्न कतार बिकास बैंकले राष्ट्रिय जमानत योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत कोरोना भाइरस कोभिड-१९ बाट निजि क्षेत्रका अती प्रभावित कम्पनीहरुलाइ मजबुत बनाउन र उनिहरुको आगामी ३ महिनाको भाडा तिर्न तथा कामदारहरुको तलब भुक्तानी गर्न नि शुल्क बिना ब्याज ऋण सहयोग गर्न रकम उपलब्ध गराइने छ।

यसको प्रक्रियाका निम्ति कतारको नयाँ श्रम ब्यवस्था अनुसार कम्पनीको बैंक खाता ड्ब्लु पि एस मा अनिवार्य दर्ता भएको हुनु पर्नेछ। त्यस्तै ऋणि कम्पनीको हकमा कतार बिकास बैंक क्यु डि भि ऋणको जमानत बस्ने पर्नेछ भने ऋणी कम्पनीहरुले तीन वर्षको अवधी भित्र ऋण चुक्ता गर्नु पर्ने छ। यो सेवा सहयोग सुविधा कतारका ईस्लामिक बैंक तथा वाणिज्य बैंक बाट आवेदन दिई प्राप्त गर्न सकिनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved