कोरोनाले विश्व रोहिरहेको बेला तुर्किमिनिस्तानले भाइरसबाट कसरी पायो मुक्ति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 02:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

माहामारीको रुप लिएको कोरोना भाइरसले विश्वका २११ देशलाई आफ्नो चपेटामा लिएको छ। तर केहि देश यस्ता पनि छन् जहाँ अहिलेसम्म कोरोना संक्रमणको एउटा पनि घटना देखिएको छैन। 

नेपाल सहित विश्वका २११ देशमा कोरोना भाइरसका संक्रमित देखिएको अवस्थामा तुर्किस्थानमा भने एक जनालाई पनि कोरोना लागेको भन्ने खबर आएको छैन। तुर्किस्थानमा यस्तो अवस्था देखिनुमा त्यहाँको सरकारले वास्तविक सूचना लुकाएको हुन सक्ने विश्लेषकहरुको दाबि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन। 

कोरोना भाइरसको महामारीबाट बच्न विश्वका कयौं देशहरुले पूर्ण रुपमा लकडाउन गरेका छन। तर यहीं अवस्थामा तुर्किमिनिस्थानमा भने विश्व स्वास्थ्य दिवसको अवसरमा साइकाल र्याली आयोजना गरिएको छ। 

मध्य एसियामा अवस्थित तुर्किमिनिस्थानले आफ्नो देशमा कोरोनाबाट एक जना पनि संक्रमित नभएको दाबि गरिरहेको छ। तर सरकारको उक्त दाबि प्रति अन्तर्राष्ट्रिय समुदायले शंका गरेको छ। 

'तुर्कमेन हेल्थकेयर सिस्टम' को अध्ययन गरिरहेका 'लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन' का प्रोफेशन मार्टिन मेक्कीले तुर्किमिनिस्थान को तर्फबाट आधिकारिक रुपमा जारि गरिएको स्वास्थ्यसम्बन्धि तथ्यांकलाई कुनै पनि हालतमा विश्वास गर्न नसकिने बताएका छन। 

उनले भनेका छन्, बितेका दशकमा तुर्किमिनिस्थानले आफ्नो देशमा एक जनापनि एचआईवि एड्स संक्रमित नहएको दाबि गरेको थियो तर उक्त तथ्यांक विश्वास गर्न लायक थिएन , सन् २००० मा पनि तुर्किमिनिस्थानले ले कयौं बिमारी सम्बन्धि जानकारी लुकाएको थियो त्यसमा प्लेग पनि समावेश छ। तुर्किमिनिस्थानमा पहिलेदेखि नै धेरै मानिसहरु कोरोनाबाट डराएकाले त्यहाँको सरकारले यसबारे वास्तविकता लुकाएको हुन् सक्ने उनको दाबि छ। 

कोरोनासँग लड्न एक्सन प्लान कस्तो छ ?

राजधानी अग्शा स्थित एक स्थानीयलाई उद्र्त गर्दै बिबिसीले लेखेको छ, मेरो पहिचान एक सरकारी अधिकारिसँग छ, उनले आफुलाई यसबारे अर्थात कोरोनाको बिषयमा बोल्न कडाइ गरिएको बताए, यहाँ भाइरस फैलीसकेको छ तर यसबारे बोल्दा समस्यामा पर्न सक्छु। 

तर बाहिर भनिएजस्तो तुर्किमिनिस्थानले कोरोनासँग लड्न कुनै एक्सन नबनाएको भने होइन। तुर्किमिनिस्थान सरकारले कोरोना संक्रमितको खोजि गरिरहेको छ। संयुक्त राष्ट्र संघका बिभिन्न एजेन्सीसँग मिलेर तुर्किमिनिस्थानले कोरोनासंग लड्न एक्सन प्लान हरु बनाइरहेको छ। 

कोरोना वायरस, तुर्कमेनिस्तान

संयुक्त राष्ट्रका रेसेडेन्ट को अर्डिनेटर एलेना पनोवा ले यस योजनामा तुर्किमिनिस्थान भर बिशेष अप्रेशन चलाइएको बताएका छन। उनले पनि तुर्किमिनिस्थानमा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको बताएका छन्। 

एलेन पनोवाले तुर्किमिनिस्थानले सुरुवाती दिनमा नै यात्रामा रोक लगाउने जस्ता काम गरेकाले त्यहाँ कोरोना संक्रमित नदेखिएको हुन् सक्ने बताएका छन्। उनकाअनुसार तुर्किमिनिस्थानले करिब एक महिना पहिले नै आफ्ना सबै जमिनबाट हुने नाका बन्द गरेको थियो भने चीन र अन्य देशबाट हुने उडानपनि बन्द गरेको थियो। यति मात्र नभई अन्य अन्तर्राष्ट्रिय उडानलाई समेत तुर्किमिनिस्थानले राजधानीबाट परिवर्तन गरेर अर्को ठाउँमा सारिएको थियो र त्यहाँ क्वारेन्टाइन जोन बनाइएको थियो। 

एलेन पनोवाकाअनुसार तुर्किमिनिस्थानमा आउने प्रत्येक व्यक्ति जसमा कोरोनाको लक्षण देखिएको थियो उनीहरुलाई परिक्षण गरिएको थियो। यद्दपी अहिलेसम्म कति जनालाई परिक्षण गरियो र त्यसको नतिजा के आयो भन्ने कुनै आधिकारी तथ्यांक तुर्किमिनिस्थानले सार्वजनिक गरेको छैन। तर त्यहाँका सरकारी अधिकारिहरुसँग भएको कुराकानीलाई आधार मान्दा तुर्किमिनिस्थानमा प्रशस्त परिक्षण भएको र त्यहाँ परिक्षण गर्ने टेष्ट किट पनि पर्याप्त भएको पनोवाको दाबी छ। 

चुस्त तयारि 

कोरोनालाई लिएर त्यहाँका मानिसहरु धेरै होसियार देखिएका छन्। शहरमा आवतजावतमा रोक लगाइएको छ भने राजधानी अग्शाबाट आउने सबैसँग कोरोनाको रिपोर्ट हुन् जरुरि छ।  

हर्बल रेमेडीमा प्रयोग हुने एक प्रकारको घाँस 'युर्जालिक' लाई जलाएर बन्ने धुवाँ बजार र घरहरुमा किटनाशकको रुपमा प्रयोग गरिएको छ। राष्ट्रपति गुरबांगुली   राष्ट्रपति गुरबांगुली बेरदीमुहामेदोवले घाँसको धुवाँले भाइरस मर्ने दाबि गर्दै आफ्ना अधिकारिलाई यसको प्रयोगमा जोड दिन निर्देशन नै दिएका छन।     

विश्वभर कोरोनाको महामारी हुँदा तुर्किमिनिस्थानको दैनिकी सामान्य रहेको छ। क्याफे र रेष्टुरेन्ट खुला छन। बिहेमा पनि मानिसहरुको जमघट उस्तै छ। खासै मानिसहरु मास्क लगाएका हुदैनन। त्यहाँको बस्तुस्थिति हेर्दा कोरोना भाइरसको महामारीलाई लिएर तुर्किमिनिस्थान गम्भीर नभएको देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved