भारतमा एकै दिन ४९ को मृत्यु, कोरोना संक्रमितको संख्या ७ हजार नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 09:07:38 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । बिहिबार एकै दिन ४९ जनाको मृत्युको भएपछि मृतकको संख्या २२७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् । जस मध्ये ६ सय ३५ जना निको भएर घर फर्किएका छन् ।  संख्या बिहिबार एकैदिन ८ सय बढी संक्रमित थपिएका छन् ।

भारतभरि मार्च २४ देखि 'लकडाउन' वा आवतजावतमा बन्देज लगाइएको छ। तर यसबीच केही ठाउँमा सङ्क्रमण तीव्र विस्तार भएपछि ती ठाउँलाई स्थानीय रूपमा 'सील' गरिएको छ। खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय 'हटस्पट' भनिएका त्यस्ता धेरै सङ्क्रमित भएको स्थानहरूलाई आवतजावतमा पूर्णतया: बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर 'सील' गरिएका छन्। 

नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ 'हटस्पट'लाई पूर्ण रूपमा 'सील' गरिने निर्णय भएको छ। त्यसरी 'सील' गरेर ती ठाउँमा फैलिएका सङ्क्रमणलाई अन्यत्र विस्तार हुन नदिइने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved