इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2020 | 03:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन् । अमरिकाका सबै राज्यमा संकटकाल घोषणा भएको इतिहासमै पहिलोपटक हो । 

ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै सोमबार ५० वटै राज्यमा पूर्ण संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात ट्वीट गर्दै ट्रम्पले लेखेका छन्, ‘हामी अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेका छौँ, हामी जितिरहेका छौं र जित्नेछौं ।’ 

अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै २२ हजार ७३ जनाको मृत्यु भएको छ भने ५ लाख ५६ हजार ४४ जना संक्रमित छन् ।

ट्रम्पको ट्वीटः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved