डब्लूएचओलाई सहायता रोकेकोमा ट्रम्पको चौतर्फी आलोचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2020 | 12:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आर्थिक सहयोग नगर्ने  घोषणा गरेपछि उनको चौतर्फी आलोचना भएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुट्रेस र अमेरिकी अर्बपति बिल गेट्सले ट्रम्पको निर्णयलाई अपरिपक्व भनेका छन् ।

ट्रम्पले मंगलबार डब्लूएचओले कोरोनाको संकट समाधान गर्न नसकेको आरोप लगाउँदै तत्काललाई सहयोग रोक्का गरेको बताएका थिए ।

अमेरिकाले डब्लूएचओलाई वर्षेनी ४० करोडदेखि ५० करोड अमेरिकी डलरसम्म सहयोग गर्दै आएको छ । 

राष्ट्र संघका महासचिव गुट्रेसले कोभिड–१९ को संकटका बेला यस्तो निर्णय गर्नु उपयुक्त समय नभएको उल्लेख गर्दै ‘यो भाइरससँग लडिरहेका बेला विश्व स्वास्थ्य संगठन वा अरु कुनै मानवीय कार्य गर्ने संगठनलाई साधन स्रोत कटौति गर्ने बेला होइन’ भन्दै वक्तव्य जारी गरेका छन् । 

अमेरिकी अर्बपति बिल गेट्स फाउण्डेसनका संस्थापक बिल गेट्सले स्वास्थ्य आपतकालका बेला डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्नु खतरनाक कदम भएको टिप्प्णी गरेका छन् । ‘विश्वलाई अहिले डब्लूएचओ झन् बढि चाहिएको छ,’ गेट्सले ट्विटमा लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved