फेसबुकले भारतीय कम्पनी रिलायन्स जिओमा ७ खर्ब लगानी गर्ने

जियोमा फेसबुकको १० प्रतिशत शेयर
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 10:41:24 AM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले भारतीय दुरसंचार सेवा प्रदायक कम्पनी रिलायन्समा ५.७ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले बुधबार भारतीय कम्पनीमा कम्पनीमा लगानी गर्ने घोषणा गरेका हुन् । उक्त रकम ४ खर्ब बढी भारतीय रुपैयाँ हो भने नेपाली रुपैयाँमा ७ खर्ब बढी हुन्छ । 

फेसबुकले रिलायन्सको पूर्ण स्वामित्वमा रहेको रिलायन्स जिओमा लगानी गर्ने घोषणा गरेको हो । उक्त लगानीले भारतको नियामकहरुबाट अनुमति लिन भने बाँकि छ । लगानी स्वीकृत भएपछि उक्त कम्पनीको फेसबुकको हिस्सा ९.९९ प्रतिशत हुने छ । यस घोषणाले ठुलो ऋणमा रहेको जिओले ऋणबाट मुक्ति पाउने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारत पहिलो नम्बर हासिल गर्न कम्पनीले यस क्षेत्रमा ठुलो धनरासी खर्च गरेको थियो ।

फेसबुक प्रमुख मार्कले भारत फेसबुक र व्हाट्सएपको लागि ठुलो ग्राहक भएको यो सम्झौता महत्वपूर्ण भएको बताएका छन् । उनले करोडौ भारतीय नागरिक र भारतमा साना अनलाइन व्यबसायलाई सहयोग गर्न यो लगानी गर्न लागेको बताएका हुन् । भारतमा फेसबुकका सबै भन्दा धेरै ग्राहक छन् भने व्हाट्सएपका ४० करोड बढी प्रयोगकर्ता छन् ।

व्हाट्सएपले भारतमा डिजिटल भुक्तानी सेवाको लाईसेन्स लिने प्रयास गरिरहेको छ  । यदि उसले अनुमति पाएमा हाल भएका गुगल पे र पेटिएमसंग कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved