नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्न कतारी राजाको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 05:46:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारका राजा शेख तमिम बिन हमाद अल थानीले नेपाल लगायतका देशहरुमा कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्न निर्देशन दिएका छन् । कोरोना भाइरसको महामारी बिरुद्द लड्न नेपाल लगायतका देशहरुमा तत्कालै स्वास्थ्य सामग्री सहयोग गर्न राजा शेख तमिम बिन हमाद अल थानीले निर्देशन दिएको त्यहाँको संचारमाध्यम गल्फ टाइम्सले जनाएको छ । 

गल्फ टाइम्सकाअनुसार राजा तमिम बिन हमद अल थानीले नेपाल सहित रुवान्डा, ट्युनिसिया मा समेत कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्न निर्देशन दिएका छन् । 

कतारले अहिलेसम्म इरान, प्यालेस्टाइन, इटाली लगायतका देशहरुलाई कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । कतारले इटालीलाई फिल्ड हस्पिटल सहितको सहयोग उपलब्ध गराएको छ । बैदेशिक रोजगारीको लागि नेपालको लागि कतार पहिलो प्राथमिकतामा रहँदै आएको छ । करिब ३ लाख ६५ हजार नेपाली कतारमा कामदारको रुपमा रहेको तथ्यांक छ। 

कोरोना भाइरसबाट आफैं प्रभावित भएपनि कतारले विश्वका बिभिन्न देशहरुलाई सहयोग गरिरहेको छ । कतारमा अहिलेसम्म ११ हजार २४४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस मध्ये १० जनाको मृत्यु भएको छ भने १०६६ जना निको भएर घर फर्किएका छन् ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved