ज्वाईको सल्लाहमा अमेरिकालाई चलाउने ट्रंपको निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 08:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले नयाँ प्रशासनमा आफ्नो ज्वाई जैरेड कुशनरलाई ह्वाइट हाउसका एक वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन। 

३५ बर्षीय कुशनरको बिहे ट्रंपको छोरी इवान्कासंग भएको हो। कुशनरले राष्ट्रपति चुनाब अभियानका लागि सम्पति संकलन गर्ने रणनीति बनाउनमा उल्लेख्य भूमिका निभाएका थिए। 

उनको भूमिका घरेलु र विदेश नीति पर्ने अनुमान गरिएको छ। जसमा मध्य पुर्वको ब्यापारसंग सम्बन्धित सम्झौताहरु पनि समावेश हुने आंकलन गरिएको छ। यस नियुक्तिलाई सिनेटको अनुमतिको आवश्यकता नपर्ने बिबिसीले लेखेको छ। 

नियुक्तिका लागि सिनेटको अनुमति आवश्यक नरहेको भएपनि उनको नियुक्तिले अमेरिकाको एन्टी नेपोटिज्म कानुन अर्थात भाई भातिजाबाद कानुनको उल्लंघन हुने आवाज उठेको छ। यस कानुन अन्तर्गत कुनै पनि सरकारी अधिकारीले आफ्नो नातेदारको नियुक्ति सरकारी पदमा गर्न गर्न सक्दैनन्।

ह्वाइट हाउसका एक वरिष्ठ सल्लाहकारका रुपमा कुशनरले कुनै तलब र सुविधा नलिने बताइएको छ। उनले आफ्नो व्यवसायिक लाभबाट टाढा रहने बताएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन। उनि पनि आफ्नो ससुरा ट्रंप जस्तै रियल स्टेट डेभलपर हुन।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved