भारतमा विशालु ग्यास लिक: ८ को मृत्यु, ५ हजार बढी बिरामी, घर नै पखाल्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 10:21:20 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको आन्ध्र प्रदेश राज्यमा एक रसायन उद्योगबाट विषालु ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ हजार बढी बिरामी भएका छन् । आन्ध्र प्रदेशको विसाकापटनममा रहेको एलजी पोलिमर उद्योगबाट बिहान ३ बजे स्टेरिन नामको ग्यास लिक भएको हो । उक्त ग्यासले क्यान्सर गराउन सक्ने र यसले लामो अवधिसम्म पनि असर गर्ने बताईएको छ 

टाइम्स अफ इण्डियाका अनुसार ८ वर्षे बालिका र २ जेस्ठ नागरिक सहित ८ जनाको मृत्यु भएको छ भने ५ हजार भन्दा बढी बिरामी भएका छन् । बिरामी भएकाहरु अधिकांश उता उद्योग नजिकका वासिन्दा हुन् । उनीहरुमा सास फेर्न कठिन हुने समस्या देखिएको छ भने अधिकांश बेहोस भएका छन् । उनीहरुले स्वासप्रस्वासको क्रममा लिक भएको ग्यास लिएको अनुमान गरिएको छ 

उद्योग रहेको भन्दा ३ किलोमिटरसम्मका स्थानमा ५० भन्दा बढी मानिसहरु सडक मै बेहोस भएर लडिरहेको फेला परेको जनाईएको छ। ग्यास्लिकको कारण खुल्न नसकेको र अहिले उद्दारको काम जारि रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् 

स्थानीय प्रशासनले मास्कलाई भिजाएर लगाउन र आफ्नो घरलाई पनि पानीले पखाल्नको लागि आग्रह गरेको छ । ग्यास लिक हुँदा त्यहाँको बोटबिरुवा र जनावरहरुलाई पनि असर गरेको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved