सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 07:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा झडप भएको हो । झडपमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

यो तनाव समुद्री सतहभन्दा ५,००० मिटरको उचाइमा अवस्थित विकट नाकुला क्षेत्रमा भएको हो। भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो। बेलाबेला यस्ता किसिमका घटना भइरहने भए पनि चार दशकमा गोली प्रहार भएको छैन।

यस क्षेत्रमा पटक पटक विवाद हुने जनाईएको छ ।  यस  घटना पनि स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा विवाद समाधान गरेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved