एक जवाफ जसले बनायो चन्द्र शेखरनलाई टाटा सन्सको अध्यक्ष

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 02:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

टाटा कन्सल्टन्सी सर्भिसेज (टिसीएस)का प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रहिसकेका नटराज चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्षमा नियुक्त गरिएको छ। उनले २१ फेब्रुअरी २०१७ मा अन्तरिम अध्यक्ष रतन टाटाको स्थान लिने छन। 

२०१६ अक्टुबर २४ मा टाटा सँसका तत्कालिन अध्यक्ष साइरस मिस्त्रीलाई सो पदबाट अपदस्थ गरिएको थियो। त्यस यता रतन टाटाले अन्तरिम अध्यक्षको रुपमा टिसीएस समूहको नेतृत्त्व सम्हालेका छन।  

साइरस मिस्त्रीलाई अध्यक्ष पदबाट अपदस्थ गरिएसंगै १५० बर्ष पुरानो यस टिसीएस समुह नियमित अध्यक्षको खोजिमा थियो जुन चन्द्र शेखरनमा आएर रोकिएको छ। उनि टाटा सँसको पहिलो गैर पारसी अध्यक्ष हुने छन्। अध्यक्ष नियुक्तिका लागि गठित ५ सदस्यीय समितिले चन्द्र शेखरनको अन्तर्वार्ता लियो। अन्तर्वार्तामा दिएको एक जवाफले चन्द्र शेखरनलाई टिसीएस समुहको अध्यक्षमा नियुक्ति पाए।  

चन्द्र शेखरनको जवाफ 
चन्द्र शेखरनसंग सोधिएको थियो कि उनले उत्पादनलाई कसरी सम्हाल्ने छन। तपाइँसंग स्टिल या अटो क्षेत्रलाई संचालन गर्ने अनुभब छैन ? सबै कुरा आफु एक्लै गर्न नसक्ने र यसका लागि आफुलाई मार्ग दर्शन गर्नका लागि एक टिमको आवश्यकता रहने उनको जवाफ थियो। यस भन्दा खराब उत्तर अर्को थिएन होला त्यहि पनि उनलाई अध्यक्षमा नियुक्ति गरियो। 

जब रतन टाटाले जेआरडी टाटाबाट जिम्मेवारी सम्हालेका थिए। उनलाई पनि टेक्नोलोजी क्षेत्रमा कुनै अनुभब थिएन। उनले एफसी कोहलीको भरोसामा टिसीएस स्थापना गरे जुन आज टाटा समुहको प्रमुख कम्पनी हो। चन्द्र शेखरनको जवाफ उनि जिम्मेवारी लिन तयार रहेको देखिएको समितिको निष्कर्ष रह्यो।

अध्यक्ष पदमा इच्छुक 
टाटा सँसको अध्यक्ष पदबाट सायरस मिस्त्रीलाई अपदस्त गरीएसंगै जगुआर ल्याण्ड रोवरको मालिक राल्फ स्पेथ, युनिलिवरको हरिश मनवानी र स्मिथ्स समुहको जर्ज वर्क पनि यस पदको दौडमा थिए। तर अन्तिममा समुहको आन्तरिक व्यवस्थापनमा सामेल व्यक्तिलाई नै टिसीएस समुहको नेतृत्त्व दिने निर्णय गरिएको छ।

५ सदस्यीय कमिटि 
५४ बर्षीय चन्द्र शेखरनलाई मुम्बईमा आयोजना गरिएको टाटा सँसको बोर्ड बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाइ अध्यक्ष पदका लागि ५ सदस्यीय सर्च कमिटीले सिफारिस गरेको थियो। यस कमिटिमा रतन टाटा, टीबीएस समूह प्रमुख वेणु श्रीनिवासन, बेन क्यापिटलका अमित चन्द्रा, पुर्व राजनयिक रोनेन सेन र लॉर्ड कुमार भट्टाचार्य सामेल थिए।    


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved