भारतमा ट्रक र बस ठोक्किँदा ८ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 11:12:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ । गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ ।

यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ । यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved