आर्थिक अवस्थालाई लिएर चीनको आश्चर्यजनक निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 01:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण चिनले ३० बर्ष पछि पहिलोपटक आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छैन। कोरोना भाइरसको महामारीका कारण सृजित अवस्थाका कारण सन् १९९० पछि पहिलोपटक चीनले आर्थिक वृद्धिको लक्ष्य निर्धारण नगरेको हो। 

चीनमा जारि नेशनल पिपुल्स कांग्रेस को महत्त्वपूर्ण बार्षिक बैठकमा प्रिमियर लि कचियांगले यस्तो घोषणा गरेका हुन्। आफ्नो देश अप्ठ्यारो परिस्थितिबाट गुज्री रहेको र अवस्था अनिश्चित रहेकाले अनुमान लगाउन गाह्रो हुने भन्दै लि कचियांगले पहिलोपटक आर्थिक वृद्धिको लक्ष्य निर्धारण नगरिएको जवाफ दिएका छन्। 

कोरोनाले विश्वभरको अर्थव्यवस्था प्रभावित भएको र कारोबार पनि पूर्ण रुपमा प्रभावित भएकाले लक्ष्य निर्धारण नगरिएको उनको भनाई छ। 

शुक्रबार बिहान चीनको बार्षिक संसदीय बैठक नेशनल पिपुल्स कांग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल थिए। एनपीसीको बैठकमा बजेटलाई अनुमति दिने गरिन्छ र साथसाथै अर्थव्यवस्थाको वृद्धिको लक्ष्य समेत निर्धारण गर्ने गरिन्छ। तर यसपटक चीनले आर्थिक वृद्धिको कुनै लक्ष्य निर्धारण नगर्ने घोषणा गरेको छ। 

चीनको बजेट 

चीनको बजेट घाटा सन् २०१९ को तुलनामा बढेको छ। चीनले सन् १९९० देखि आर्थिक वृद्धिको लक्ष्य घोषणा गर्दै आएको छ। तर चीनले जिडीपीको वृद्धि लक्ष्य निर्धारण नगरेको यो पहिलो पटक हो। 

लि कचियांगले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीन सरकारले एक ट्रिलीयन युआन थप दिने भएको छ। लि कचियांगले चीन अमेरिकाको साथ ब्यापार सम्झौतामा कुराकानी गरिरहेको जानकारी दिएका छन्। त्यस्तै ताइवानलाई लिएर लि कचियांगले भनेका छन् कि चीन त्यहाँ आफ्नो प्रभुत्वलाई कायम राख्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved