भारतमा २८ लाख ३४ हजारको कोरोना परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2020 | 11:51:42 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा शनिबारसम्म २८ लाख ३४ हजार ७९८ जनाको कोरोना परीक्षण गरिएको छ  ।  जसमध्ये १ लाख २५ हजार १४९ जनाको कोरोना रिपोर्ट पजेटिभ भेटिएको जनाइएको छ ।

 शनिबार बिहानसम्म भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२८ जना पुगेको छ । यस संक्रमणबाट निको भएकाहरुको संख्या ५१ हजार ८२४ जना रहेको भारतीय सञ्चार  माध्यमहरुले उल्लेख गरेका छन्  ।  हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved