भारतमा कोरोनाका कारण ४ हजार बढीको मृत्यु, एकैदिन ६ हजारमा संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 09:28:17 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्य  ४ हजार नाघेको छ । सोमबार १ सय ४८ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ हजार नाघेको छ । भारतमा सोमबार एकै दिन ६ हजार जनामा संक्रमण देखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार हाल भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय ४५ रहेको छ भने ४ हजार २१ जनाको मृत्यु भएको छ ।  त्यस्तै संक्रमित भएका मध्ये ५७ हजार ७ सय २१ जना निको भएका छन् ।  

भारतको महाराष्ट्र राज्य सबै भन्दा धेरै प्रभावित भएको छ ।   महाराष्ट्रमा मात्र ५० हजार बढी संक्रमित छन् भने १६ सय बढीको मृत्यु भईसकेको छ ।  महाराष्ट्रपछि सबै भन्दा धेरै मृत्यु गुजरातमा भएको छ ।  गुजरातमा ८५८ जनाको मृत्यु भएको छ ।  

भारतले रेल सेवा र अन्तरिक हवाई सेवा सुरु गरेसंगे चहलपहल बढेर संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved