अफगानिस्तानमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 12:40:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् ।  गत २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि आठ जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २३५ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।

यहाँ कारोनाका संक्रमितमध्ये १ हजार २०९ जना निको भएर फर्किएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका बिरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल अफगानिस्तानमा ११ हजार ५७२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved