भारतमा २४ घण्टामा ७ हजार ४६६ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 01:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना  कोरोना संक्रमित थपिएका  छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ७०६  जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १०५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ८९ हजार ९८७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५९ हजार ५४६ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।  दिल्लीमा १६ हजार २८१ जना कोरोना संक्रमित रहेका छन् ।गुजरातमा १५ हजार ५७२ संक्रमति रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved