शुक्रबार राति भारतको नयाँदिल्ली नजिकै भूकम्प गएको छ । हरियाणाको रोहतकनजिकै केन्द्र बनाएको उक्त भूकम्प ४ दशमलब ६ म्याग्निच्युडको थियो । भूकम्प जाँदा नयाँदिल्ली आसपासका लाखौँ मानिस घरबाहिर निस्किएका थिए ।
कम शक्तिशाली भए पनि भूकम्पको धक्का धेरै बेरसम्म महसुश गरिएको बताइएको छ । रातको ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रले जनाएको छ । ३ दशमलब ३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको केन्द्र राजधानी दिल्लीबाट ६५ किलोमटर टाढा रहेको जनाइएको छ ।
कम्तिमा ७ देखि ८ सेकेन्डसम्म धक्काको महशुस भएको जनाइएको छ ।