भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किन्छ: प्रधानमन्त्री मोदी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 05:42:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताएका छन् । उनले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गरेका हुन् । 

कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको अवस्था पहिलेको अवस्थामा आउने उनले बताएका हुन् । उनले मंगलबार भनेका छन् ‘मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापन गर्न सक्ने कामका बारेमा थाहा छ त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौँ ।’

‘भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्धानहरुको क्षमताका बारेमा मलाई थाहा छ त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ’, प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भनेका छन् । 

उनले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बतए । कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औँ वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved