विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 07:12:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको छ भने ३ लाख ८३ हजार ७२ जनाको मृत्यु भइसकेको छ । 

नेपाली समयानुसार बुधबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ८९ हजार १०१ जना निको भएका छन्। हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ८३ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ९ लाख ४७ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४२ हजार ७२२ को मृत्यु भएको छ । युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७५ हजार ८७३ को मृत्यु भएको छ । 

एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार १३९ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved