सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 08:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् । 

कोरोना भाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा उनले यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत कायम रहने बताएका हुन् । सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र सन् २०२२ मा १.३ प्रतिशत पुग्ने प्रक्षेपण ईसीबीले गरेको छ ।

ईसीबीले यस पहिले (कोभिड–१९ को महामारीपूर्व) सन् २०२२ का लागि २.० प्रतिशतको लक्ष्य निर्धारण गरेको थियो । बिहीबारको प्रक्षेपण मार्चमा गरिएको प्रक्षेपणको तुलनामा निकै कम हो । मार्चमा ईसीबीले यस वर्षका लागि १.१, सन् २०२१ का लागि १.४ र सन् २०२२ का लागि १.६ प्रतिशत मुद्रास्फीति हुने अनुमान सार्वजनिक गरेको थियो ।

“आर्थिक वर्षको मध्यम अवधिमा कमजोर मागका कारण मुद्रास्फीतिमा गिरावट आउनेछ,” लगार्डले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved