कोरोना संक्रमणको छैटौं नम्बरमा भारत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2020 | 01:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो । 

भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरुले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस संक्रमित रहेका छन्  ।

कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

भारतमा संक्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ  । त्यहाँ कुल ८० हजार २२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । 

दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved