भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 11:58:26 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पछिल्लो २४ घण्टामा १० हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् । यससंगै संक्रमितहरुको संख्या दुई लाख ९७ हजार ५३५ पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या आठ हजार ४९८ पुगेको छ । 

भारतमा अहिले पनि एक लाख ४१ हजार ८४२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या एक लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ । कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना संक्रमित भएका छन् ।

दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved