भारतमा रोजगारदाता र श्रमिकलाई जोड्ने 'रोजगार मेला'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 05:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मध्य प्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेश भरीमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । 

कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई सहयोग पुग्ने उद्धेश्यले रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । “विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरुका लागि पनि काम खोजी दिन मेलामार्फत् सहयोग पुग्ने विश्वास गरिएको छ,” एक सरकारी अधिकारीले भने । 

विषेश गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग सामन्वय गरिदिन लागिएको ती अधिकारीको भनाई छ । अत्यधिक महत्वका साथ हेरिएको यो प्रदेशस्तरी मेला यही जुन महिनाको तेस्रो हप्तातिर शुरु हुने जनाइएको छ । 

कामदारहरुले आफै सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराईनेछ, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने जनाइएको छ ।

मेलामा सहभागी हुन आउने कामदारहरुलाई खाना तथा पानीको समेत व्यवस्था गरिनेगरी प्रदेश सरकारले योजना बनाएको छ ।  मेलाका बेलामा कोरोना भाइरसबाट जोगिनका लागि अप्नाउनु पर्ने आधारभूत सतर्कताहरुलाई पनि ध्यान दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । 

उनीहरुका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउनु पर्ने लगायतका व्यवस्था पनि उनीहरुले गराउने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved