बिजपाटी सम्बाददाता     Jun 29, 2020 | 12:15:13 PM


पाकिस्तानको स्टक एक्चेन्ज रहेको भवनमा बन्दुक हमला भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एउटा कारमा आएका बन्दुकधारीहरुले कराँचीमा रहेको त्यस भवनमा हमला गरेका हुन् ।

उनीहरुले भावनको गेटमा ग्रिनेड पड्काएर भवन भित्र गएर हमला गरेको बताईएको छ । ४ जना हमलाकारीको मृत्यु भएको अल जजिराले उल्लेख गरेको छ । 

त्यस भवनमा शेयर कारोबार हुनुको साथै विभिन्न निजि बैंकका केन्द्रीय कार्यालय समेत छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका